समाचार

श्रीमानद्वारा श्रीमतीको हत्या

काठमाडौँ । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

आज दिउँसो २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताउनुभयो।

दुईजना घाँस दाउरा लिन भनी सँगै गएको कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको हत्या गरेको भनी भुसाल आफैँ इलाका प्रहरी कार्यालय खनमा गएका थिए।
प्रहरी निरीक्षक पौडेलका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ।