अर्थ ललितपुर

गोदावरी नगरपालिकामा दुई अर्ब ३७ करोडको बजेट

ललितपुर । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर दुई अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै, प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच करोड र स्वास्थ्यतर्फ तीन करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कृषिमा एक करोड ५० लाख, विपद् व्यवस्थापनमा एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । मर्मत खर्च तीन करोड, टेक्निकल कलेज निर्माणमा चार करोड, ठेचो छम्पी खर्सी पुलका लागि चार करोड, खानेपानीमा चार करोड फोहोर व्यवस्थापनका लागि दुई करोड, सम्पदा पोखरी संरक्षणमा तीन करोड रुपैयाँ विनियोजन गरिएको छ ।