ललितपुर

गोदावरी नगरपालिकाले स्वर्ण पदक विजेता खेलाडीलाई आजीवन भत्ता दिने

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत करातेमा स्वर्ण पदक विजेता खेलाडीलाई आजीवन मासिक पाँच हजार भत्ता प्रदान गर्ने भएको छ ।

गोदावरी नगरपालिकाले ११ औँ नगरसभाको निति तथा कार्यक्रम पारित गर्दै गोदावरी नगरपालिकाले सागमा स्वर्ण पदक विजेता खेलाडीद्वय दीपक र गंगारामलाई मासिक पाँच हजार भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।

गोदावरी नगरपालिकाले अग्रज खेलाडीलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यको शुरुवात गर्न लागेको जनाएको छ ।

दीपकले आठौँ र नवौँ संस्करणको सागमा स्वर्ण पदक जितेका थिए भने गंगारामले आठौँ सागमा स्वर्ण पदक जितेका थिए ।