ललितपुर । ललितपुर महानगरपालिकामा आज आइतवारदेखि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाइएको छ । हैजाको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले एक हप्ताका लागि ठेलामा पानीपुरी बिक्रीमा रोक लगाएको हो ।
पानीपुरीका लागि प्रयोग हुने पानीमा हैजाको जिवाणु भेटिएको भन्दै पानीपुरी नबेच्न नगर प्रहरीले माइकिङ गरेर जानकारी दिएको छ । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले कसैले ठेलामा पानीपुरी र चटपटे बिक्री गरे कारबाही गरिने बताए ।
काठमाडौँमा हैजाका बिरामी देखा परेपछि ललितपुर महानगरपालिकाले पनि सतर्कता अपनाएको हो ।