राजनीति

देउवाद्वारा मन्त्रिपरिषद पुनः गठन

काठमाडौँ । आज आइतबार साँझ मन्त्रिपरिषद हेरफेर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी र कांग्रेसका मन्त्रीहरूलाई यथावत राख्दै एकीकृत समाजवादीका मन्त्रीहरू परिवर्तन गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकासमन्त्रीमा मेटमणी चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरूले भोलि सोमबार बिहान शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार २४ सदस्यीय मन्त्रीमण्डल गठन भएको हो ।