काठमाडौँ । हवाई इन्धनको मूल्य घटाउन वायुसेवा सञ्चालकहरूले सरकारसँग माग गरेका छन् । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको तर हवाई इन्धनको मूल्य नघटाएकोमा ध्यानाकर्षण भएको वायुसेवा सञ्चालक संघले जनाएको छ।
संघका प्रवक्ता योगराज कँडेल शर्माले आइतबार प्रेस विज्ञप्ति जारी गरी छिमेकी देशको तुलनामा महँगो भएको जनाएका छन्। हवाई सञ्चालनमा खर्चको ४० प्रतिशित इन्धनकै हिस्सा हुने संघले जनाएको छ।