काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले एक दुई दिनमा नै माओवादीभित्र ठूलो एकता हुन लागेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले गठबन्धन दलबीच मंसिरको पहिलो हप्ता निर्वाचन गर्नका लागि छलफल भइरहेको जानकारी दिए ।
उनले कार्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ता संघ र प्रदेशको निर्वाचन हुने बताए ।
उनले माओवादीको आन्दोलनकै कारण मुलुकमा गणतन्त्र, संघीयता लगाएको उपलब्धि हासिल भएको भन्दै परिवर्तनको मुख्य बाहक माओवादी केन्द्र नै रहेको जिकिर गरे । उनले परिवर्तनको मुख्य बाहक शक्तिलाई बलियो बनाउनका लागि छरिएर रहेको माओवादी एक हुनुपर्ने उल्लेख गरे ।