काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले दुई वटा विधेयक प्रमाणित गरेका छन्। संघीय संसद, प्रतिनिधि सभाको असार ७ गतेको बैठकमा राष्ट्रिय सभाबाट भएका संशोधनहरु सर्वसम्मतिबाट स्वीकृत भएपछि पारित ‘बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘बिउ बिजन (दोस्रो संशोधन)विधेयक, २०७६’ लाई सोमबार प्रमाणित गरेका हुन्।
अब राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएपछि विधेयकले कानुनी रुप लिने छ।