दिगो दृष्टि समाचारदाता
ललितपुर ०८० असोज २१ गते
ललितपुर उद्योग वाणिज्य संघकोे ४४ औं साधारणसभा एवं निर्वाचनले विश्व राज बज्राचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
ललितपुरको शंखमूलस्थित यल दरबारमा ०८० असोज १९ गते सुरु भइ असोज २० गते स्टाफ कलेज जावलाखेलमा सम्पन्न निर्वाचनमा बज्राचार्यको अध्यक्षतामा निर्वाचित हुनेमा वरिष्ठ उपाध्यक्ष सुसन महर्जन रहनु भएको छ । उपाध्यक्षमा आपुलाल अवाले, सुनिल शाक्य, रमेश सिं महर्जन निर्वाचित हुनु भएको हो । महासचिवमा भूमी नन्दन कर्माचार्य, कोषाध्यक्षमा राजु महर्जन निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
समितिको उद्योगतर्पm अनिल महर्जन, सृजना श्रेष्ठ नेम्कूल, गुणकेशरी ताम्राकार, प्रविण बज्राचार्य, र सुदीक्षा डंगोल निर्वाचित हुनु भएको जनाइएको छ ।
बणिज्य तर्पmको सदस्यहरुमा प्रसमराज बज्राचार्य, बिक्रम बज्राचार्य, महेश्वरलाल खोसीं राजेशराज बज्राचार्य, बिमला शाक्य, सर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य निर्वाचित भएको संघले जानकारी गराएको छ । त्यस्तै संस्थागत सदस्यमा पूर्ण महर्जन ७१ प््रतिशत मत ल्याएर विजयी हुनु भएको छ भने एशोसिएट क्षेत्रबाट रवि महर्जन निर्विरोध निर्वाचित हुनु भएको सघले जनाएको छ ।