विकासशिल बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता
ललितपुर ०८० असोज २७ गते शनिबार
विकासशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा २०८० असोज २७ गते शनिबार सम्पन्न भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ९, ज्यागटास्थित संस्थाको कार्यालयमा सम्पन्न सभा वडा अध्यक्ष जयकृष्ण बोगटीको प्रमुख आतिथ्यतामा भएको थियो । सभामा प्रमुख अतिथि बोगटीले स्थानीयवासीको आवश्यकता र सहकार्यको भावनाअनुसार सञ्चालित विकासशिल सहकारीले सहकारी मूल्य, मान्यता र कानूनअनुसार काम गरेको पाएकोमा खुशी व्यक्त गर्नुभयो ।


संस्थाका अध्यक्ष दुर्गा के.सी.को सभाध्यक्षमा सम्पन्न सभामा २०६८ साल मङ्सिर ९ गते तत्कालीन डिभिजन सहकारी कार्यालयमा दर्ता भइ सञ्चालित संस्थाको सेयर पूँजी १८ लाख तीन हजार सात सय रहेको जानकारी दिइएको थियो ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष के.सी.ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष के.सी.ले आर्थिक वर्ष २०७९÷८० मा सेयर सदस्य २ सय ७३ जना, बाल बचतकर्ता ८१ जना रहेको स्मरण गर्दै बचत १ करोड ९ लाख ९३ हजार ६ सय ७ रुपैयाँ रहेको बताउनु भयो ।
साधारणसभामा संस्थाको १ करोड ४५ लाख २४ हजार ८ सय २६ रुपैयाँको वासलात प्रस्तुत गर्नुका साथै २१ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here