गृहपृष्ठ अर्थ दिपेन्द्र श्रेष्ठको जीवनीमा आधारित पुस्तकको लोकार्पण

दिपेन्द्र श्रेष्ठको जीवनीमा आधारित पुस्तकको लोकार्पण

दिगोे दृष्टि समाचारदाता
ललितपुर २०८० कात्तिक २२ गते बुधबार
दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण भएको छ । प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र श्रेष्ठको जीवनीमा केन्द्रित पुस्तकको २०८० कात्तिक २२ गते बुधबार नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले लोकार्पण गर्नु भएको हो ।
गोदावरी नगरपालिका–१४, ठैबस्थित पूmलचोकी माविको सभाहलमा आयोजित समारोहमा पूर्व मन्त्री भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनु पर्ने बताउनु भयो । पछिल्लो समय प्रविधिमार्फत प्रवाह गरिने भ्रामक र मिथ्या हुने सन्देशले समाज दूषित बनाइरहेको भुसालको भनाइ थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष भुसालले भन्नुभयो, “जनताको सुसूचित हुने अधिकारमा आँच नआउने गरी प्रविधिको दुरुपयोग रोक्नुपर्छ, भ्रामक र मिथ्या सन्देश प्रवाह हुन दिनु हुँदैन ।” सामाजिक सञ्जालमार्फत भइरहेका अनर्गल प्रचारले समाज विकास र राजनीतिक व्यवस्था सुदृढ नहुने उल्लेख गर्दै सामाजिक सञ्जालका माध्यमबाट हुने गरेको अराजक अवस्थालाई नियन्त्रण गर्न ठुला तीनवटा राजनीतिक दल एकमत भएको जानकारी दिनुभयो ।
लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई अवमूल्यन गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै पूर्वमन्त्री भुसालले “पटक–पटकको सङ्घर्ष र दशौँ हजारले जीवन समर्पण गरेर ल्याएको व्यवस्थालाई समृद्ध तुल्याउने हो, अझ सुदृढ बनाउने हो, पछाडि फर्कने होइन ।” उहाँले महत्वपूर्ण पुस्तक बजारमा आउँदा सही इतिहास जनतासमक्ष पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनले पछिल्लो समय जनतासँग जोडिएका र लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेका पार्टी गलत र जनताभन्दा टाढा रहेका पार्टी राम्रो भन्ने भ्रम फैलिँदा अप्ठ्यारो अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले अफवाहरूलाई नियन्त्रण गर्नका लागि परिवर्तनका लागि योगदान गर्ने राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गोदावरी नगरपालिकाको ठैबमा जनजिविकाका लागि लामो समयदेखि संर्घर्षशील र एनेकपा माओवादीमा सक्रिय दिपेन्द्र श्रेष्ठलगायतका नेताहरुलाई माथिल्लो जिम्मेवारी दिन समेत माओवादी उपाध्यक्ष पम्फा भुसाललाई सुझाव दिनुभयो ।
कार्यक्रमका वक्ताहरूले प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक समाजसेवी दीपेन्द्र श्रेष्ठको योगदानमा आधारित रहेको उल्लेख गर्दै राजनीतिक एवम् सामाजिक रुपान्तरणमा उहाँले पु¥याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो ।

पुस्तकमा दीपेन्द्रले राजनीतिक परिवर्तनमा पु¥याउनु भएको योगदानको चर्चा गरिनुका साथै उहाँले भोगेका र उहाँप्रति विभिन्न राजनीतिक दल एवम् सामाजिक व्यक्तिको दृष्टिकोण समेटिएको पुस्तकका समिक्षक शिक्षक, लेखक एवम् सञ्चारर्की नवराज सञ्जेलले बताउनु भयो ।
कार्यक्रमका सभाध्यक्ष दिपेन्द्र श्रेष्ठले जीवन सञ्चालनसँगै लेखनलाई निरन्तरता दिँदा पुस्तक प्रकाशित गरिएको स्मरण गर्दै यस पटक संकलन भइ प्रकाशित गर्न छुटेका सामाग्रीहरु समेटेर अर्को पुस्तक प्रकाशित गर्ने वचन दिनु भयो । कार्यक्रममा राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरुले आपूm जिवित हुँदै आपूmले गरेको काम र योगदानलाई अभिलेखीकरण गरी सत्यतालाई इतिहासका रुपमा नयाँ पुस्ता समक्ष ल्याउनु पर्ने खाँचो औँल्याइएको थियो ।
पुस्तकको लोकार्पण

सम्बन्धित समाचार

दिपेन्द्र श्रेष्ठको जीवनीमा आधारित पुस्तकको लोकार्पण

दिगोे दृष्टि समाचारदाता ललितपुर २०८० कात्तिक २२ गते बुधबार दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण भएको छ । प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र श्रेष्ठको...

दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २८ गते आइतबार दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम ०८० असोज २८ गते आइतबार घटस्थापनाका...

विकासशिल बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २७ गते शनिबार विकासशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा २०८० असोज २७ गते शनिबार सम्पन्न...

ताजा अपडेट