समाचार

सकियो जबराको बयान

२०७९ भाद्र २८/ काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान सकेको छ । गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिएको हो । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो […]

समाचार

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

२०७९ भाद्र २७/ काठमाडौँ । नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको हो । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको शिष्टाचार भेटमा सम्झौता भएको हो । ली चार […]

खेलकुद

महिला साफ च्याम्पियनसीपः नेपाल सेमिफाइनलमा

२०७९ भाद्र २७/ काठमाडौँ । काठमाडौँमा जारी महिला साफ च्याम्पियनसीपमा नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलले पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको छ। खेलमा नेपालले सुरुवातबाटै दबाब सिर्जना गर्दै निरन्तर गोल गरेको थियो। नवौं मिनेटमा हिरा कुमारी भुजेलको पासमा रश्मी कुमारी घिसिङले पहिलो गोल गर्दा ११ मिनेटमा सरु लिम्बूले अग्रता दोब्बर […]

समाचार

अनशन बस्दै गाेविन्द केसी

२०७९ भाद्र २७/ काठमाडौँ । सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् । माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् । उनले आज (सोमबार) बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ । उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका […]

सहकारी

३४ निकाय काठमाडौँ महानगरको निशानामा

२०७९ भाद्र ३१ / काठमाडौँ । नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले महानगरसँग सोधखोज सुरु गरेको छ। महानगरका अनुसार ती निकायहरूबाट भन्डै ५० करोड रुपियाँ कर उठ्न बाँकी रहेको छ।महानगरले पछिल्लो समय भदौ २३ […]

स्वास्थ्य

डेङ्गु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

२०७९ भाद्र २६/ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । डेङ्गुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेङ्गु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालय मार्फत ७५३ वटै […]

ललितपुर

लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल

२०७९ भाद्र २६ / ललितपुर । ललितपुर महानगरपालिकास्थित लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल गरिएको छ । आइतबार महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियान अन्र्तगत महानगरले उक्त पेट्रोल पम्प सिल गरेको हो । महानगरका प्रमुख चिरीबाबु महर्जनले यसअघि पटक-पटक जानकारी गराएका थियौं। उहाँहरूले अटेर गरेर नहटाएपछि महानगरले आज सिल गरेको बताए । अनधिकृत ठाउँमा संरचना निर्माण […]

समाचार

फरार प्रतिवादी २० वर्षपछि पक्राउ

२०७९ भाद्र २६/ काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निजलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ […]

राजनीति

गुल्मी – २ मा रामकुमारी झाक्रीको नाम सिफारिस

२०७९ भाद्र २६/ काठमाडौं । नेकपा समाजवादी गुल्मीले रामकुमारी झाक्रीको नाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ का लागि सर्वसम्वत रुपमा सिफारिस गरेको छ। उक्त क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्ट यसअघि नै सिफारिस भएका छन्। केन्द्रमा सत्ता गठबन्धनले अन्तिम भागबन्डा टुङ्गाइरहँदा झाक्रीले निर्वाचन तयारी गरिरहेकी छन्। पूर्व शहरी विकासमन्त्री झाक्रीले केही समयदेखि गुल्मीमै रहेर निर्वाचनको तयारी गरिरहेकी […]

विशेष

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

२०७९ भाद्र २४ / काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरेकी छन् । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरिन् । विभिन्न देवदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज शहर परिक्रमा गरेका छन् । वर्षा र सहकालका देवता […]