२०७९ भाद्र ३१ / काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गते, शनिबारबार बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । बैंकले असोजदेखि लागु हुने गरी बैंकको ब्याजदरमा बृद्धि गरेको छ । बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि […]
अर्थ
४७ अंकले बढ्यो सेयर बजार
२०७९ भाद्र २९/ काठमाडौँ । आज बुधबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेप्से परिसुचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ । सबै समूहको शेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आएको छ । दुई […]
पाँचवटा सहकारी संस्थाबीच मर्जर घोषणा
काठमाडौं । शनिबार पाँचवटा सहकारी संस्थाहरूले एउटै संस्था बन्ने गरी एकीकरणको घोषणा गरेका छन् । काठमाडौँमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरणको सम्झौता भएको हो । १ महिनाभित्र वार्षिक साधारण सभा […]
सेयर बजार ७.२४ अंकले घट्यो
२०७९ भाद्र ६/ काठमाडाैँ । सेयर बजार ७.२४ अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ७.२४ अंकले ओरालो लागेको हो । नेप्से परिसूचक ७.२४ अंक (०.३५ प्रतिशत) ले ओरालो लाग्दा बजार २०५३.३० अंकमा बन्द भएको हो । कारोबार रकममा पनि ओरालो लाग्दै दुई अर्बबाट तल झरेको छ । ५२ लाख ३० हजार […]
नेप्सेमा २७ अंकको वृद्धि
काठमाडौँ । आज नेप्सेमा २७ अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार नेप्से सूचक २७.५६ अंकले वृद्धि हुँदै २०६८.२६ अंकमा बढेको हो । नेप्सेका अनुसार २७ अंकले बढेको बजारमा आज २ अर्ब ५ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । १३ वटा उपसूचकहरु मध्ये आज सबै उपसूचक धनात्मक भएका छन्। सबैभन्दा […]
घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर मूल्यसूची आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको निगम स्रोतले बताएको छ । यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर […]
नेप्से कर्मचारी संघको अध्यक्षमा थापा निर्वाचित
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ‘नेप्से कर्मचारी संघको अध्यक्षमा नवराज थापा निर्वाचित भएका छन् । विहीबार रामशाहपथस्थित नेप्से परिसरमा रहेको सभा हलमा भएको निर्वाचनमा थापा संघको पहिलो अध्यक्षका रुपमा दुई वर्षका लागि निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत गिरीराज दाहाल र श्रम कार्यालय प्रतिनिधि सुलभ श्रेष्ठको उपस्थितिमा उक्त निर्वाचन सम्पन्न भएको हो । संघको […]
तत्काल ब्याजदर बढाउन बैंकलाई दबाब
काठमाडौँ। संस्थागत निक्षेपकर्ताहरूले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम ब्याज पाउने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउनुपर्ने बाध्यता परेको । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्ने क्रममा बुधबार एकीकृत निर्देशन गर्दै जारी गरेको नयाँ व्यवस्थाअनुसार बोलकबोललगायत संस्थागत मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ । बैंकहरूले […]
पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग
काठमाडौँ । यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा दुईपटक रकम घटेको भन्दै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्नुभएको […]
राष्ट्रलाई आत्मनिर्भरका साथै स्वाधिन बनाउने माध्यमनै कर होःअर्थविद् अधिकारी
ललितपुर, १७ साउन वरिष्ठ अर्थविद् तथा प्राध्यापक डा.चन्द्रमणी अधिकारीले मुलुकलाई आत्मनिर्भरका साथै स्वाधिन बनाउने माध्यमनै कर प्रणली रहेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको ‘उद्योग व्यवसायमा कर प्रणालीको प्रभावबारे अन्तरक्रिया कार्यक्रम’ मा उहाँले करका कारणले लगानि तथा व्यापार एवं आयातका साथै निकासि हुँदै पैठारी र राज्य व्यवस्थामा समेत प्रभाव पार्ने भनाइ […]