दिगो दृष्टि समाचारदाता ललितपुर /ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदहमा भदौ ४ गते सोमबार लाग्ने नाग पञ्चमी मेलाको तयारी पूरा भएको छ । मेला आयोजक मूल समारोह समितिका संयोजक एवम् ललितपुर महानगरपालिका वडा नं. २४ का अध्यक्ष दिनेशजंग पाण्डेका अनुसार मेलाको पूर्व तयारी पूरा भएको जानकारी दिनु भयो । मेला आयोजक मूल समारोह समितिका […]
ललितपुर
लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल
२०७९ भाद्र २६ / ललितपुर । ललितपुर महानगरपालिकास्थित लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल गरिएको छ । आइतबार महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियान अन्र्तगत महानगरले उक्त पेट्रोल पम्प सिल गरेको हो । महानगरका प्रमुख चिरीबाबु महर्जनले यसअघि पटक-पटक जानकारी गराएका थियौं। उहाँहरूले अटेर गरेर नहटाएपछि महानगरले आज सिल गरेको बताए । अनधिकृत ठाउँमा संरचना निर्माण […]
गोदावरी नगरद्वारा श्रेष्ठ र महर्जनलाई भत्ता दिने
२०७९ भाद्र २४ / ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका आफ्ना दुई पूर्व खेलाडीलाई चालु आर्थिक वर्षबाट आजिवन भत्ता दिन सुरुवात गरेको छ । नगरसभाले नीति तथा कार्यक्रममा सागका स्वर्ण पदक विजेतालाई मासिक ५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । गोदावरीले आठौं सागका स्वर्ण पदक विजेताद्वय दीपक श्रेष्ठ […]
गोदावरी तरकारी तथा फलफूल व्यवसायी संघ विधिवत दर्ता
२२ भदौं ०७९, चापागाँउ । ललितपुरको चापागाउंमा पहिलो र नमुनाका रुपमा किसानको हकहितका लागि गोदावरी तरकारी तथा फलफूल व्यवसायी संघ विधिवत रुपमा स्थापना भएको छ । संघका अध्यक्ष खोम प्रसाद दहालले जिल्ला प्रशासन कार्यालय र गोदावरी नगरपालिकाको कार्यालयमा भर्खरै संघ दर्ता गरिएको हो । ९ जनाको कार्यसमिती रहेको सघको उपाध्यक्ष केशव बजगाई छन् । सचिवमा […]
ललितपुरका अनधिकृत संरचना हटाउन दशैंसम्मको समय
१७ भदौं ०७९ ललितपुर । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दशैंसम्ममा भत्काउन निर्देशन दिएको छ । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको हो ।
गोदावरी प्रेस चौतारी अध्यक्षमा मार्फा,सचिवमा महर्जन
२०७९ भाद्र १३/ ललितपुर । गोदावरी नगरपालिकाको प्रेस चौतारी अध्यक्षमा सुरेश मार्फा चयन भएका छन् । प्रेस चौतारी ललितपुरले सोमबार चापागाँउमा आयोजना गरेको एक समारोहले उनलाई पालिकाको अध्यक्षको जिम्मेवारी दिएको हो । पालिकामा गठन गरिएको समितीको जिम्मेवारी भने लक्ष्मण महर्जनले पाएका छन् ।जिल्ला अध्यक्ष वालमुकुन्द आचार्य(विएम)ले पालिका समिती देशभरमै पहिलो बनाएर इतिहास रचेको बताए । […]
युवा संघद्वारा लगनखेलमा लामखुट्टे नियन्त्रण गर्न विषादी छर्कियो
२०७९ भाद्र १२ गते / ललितपुर । डेंगु रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ललितपुरमा विषादी छर्केको छ । लामखुट्टे नियन्त्रण हुने भन्दै युवा संघले लगनखेल बसपार्क र वरपर फगिङ मेसिन मार्फत विषादी छर्केको हो । फगिङ मेसिन हान्दा उडेको धुवाँबाट जोगिन सर्वसाधारणले नाक र मुख छोपेका थिए । […]
“बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार”स्थापना
ललितपुर । नेपाल प्रेस युनियन ललितपुर शाखाले जिल्ला शाखाका संस्थापक अध्यक्ष स्वर्गीय बटुककृष्ण कार्कीको नाममा ‘बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । स्वर्गीय कार्कीले पत्रकारिता क्षेत्र र युनियनमा गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार उनको सम्झनामा उक्त पुरस्कार स्थापना गरिएको हो । सो पुरस्कार प्रत्येक वर्ष ललितपुर जिल्ला कार्यक्षेत्र बनाई काम गर्ने र गरिरहेका […]
राष्ट्रपति भण्डारीले ठेचोको नवदुर्गा भवानी देवीको प्रसाद ग्रहण
ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले ठेचोको नवदुर्गा भवानी देवीको प्रसाद ग्रहण गर्नुभएको छ । ठेचोमा हाल सञ्चालन भइरहेको बाह् वर्षे जात्रा अन्तर्गत सो भवानी देवी मन्दिरमा एक महिना ताल्चा लगाउने परम्परा अनुसार हिजो खोलीएर विभिन्न पाठपूजा आदि गरेसँगै आज सो गुठीमा सम्बन्धीत व्यक्तिले उहाँको निवासमा फूल तथा प्रसाद पु¥याउन गएपछि प्रसाद ग्रहण गर्नुभएको हो । […]
ललितपुरको नख्खुका कैदी हतकडीसहित फरार लुबुबाट पक्राउ
काठमाडौँ । आँखाको उपचार गर्न जाँदा काठमाडौंको महाराजगञ्ज स्थित शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालबाट भागेका कैदी भोला बुढाथोकीलाई ललितपुरको लुबुबाट पक्राउ गरिएको छ । नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका बुढाथोकीलाई जिल्ला प्रहरी परिसर ललितपुरका बरिष्ठ प्रनानी रमेश बजगाईं नेतृत्वको टिमले पक्राउ गरेको हो । रामेछाप घर भएका ३८ वर्षीय […]