२०७९ भाद्र १३/ काठमाडाैँ । निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता सोमबार राजपत्रमा प्रकाशित भएको हो । आयोगले निर्णय गरेको दिनदेखि लागू हुने निर्वाचन आचारसंहितामा दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ । आयोगका अनुसार केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति […]
विविध
लोकसेवा आयोगद्वारा नतिजा प्रकाशन (सूचनासहित)
२०७९ भाद्र १५/ काठमाडौँ । लोक सेवा आयोग, केन्द्रीय कार्यालयले विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति […]
निर्वाचन आचारसंहितामा आजदेखि लागू (पूर्णपाठ)
२०७९ भाद्र १४ / काठमाडौं। आउँदो मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ । आज सोमवार राजपत्रमा प्रकाशित भएको आचारसंहिता आयोगले निणर्य गरेको दिनदेखि लागू हुनेछ । आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गर्ने जनाएको छ । निर्वाचन […]
ललितपुरको माछापुच्छ्रे स्कुलले पायाे व्यवहारीक शिक्षाको मान्यता
ललितपुर, ३ भदौ/ ललितपुर महानगरपालिका वडा नं १३ कुसुन्तीमा अवस्थित माछापुच्छ्रे स्कुलले इन्टरनेश्नल व्याकारलेरियट (आइबी वल्ड) अर्थात व्यवहारीकका साथै खोजमुलक शिक्षा प्रदान गर्ने मान्यता पाएको छ । विद्यार्थीलाई कक्षाकोठामा मात्र सिमित नगरी जीवन र जगतसँग समेत जोडाउने उद्देश्यका साथ विद्यालयले उक्त काम अघि बढाउने भएको हो । केही दिन अघि मात्रै आफूहरुले सो मान्यता पाएसँगै […]
ललितपुर महानगरपालिकाले भवन निर्माणमा नयाँ मापदण्ड लागू
ललितपुर । ललितपुर महानगरपालिकाले भवन निर्माणमा नयाँ मापदण्ड लागू गरेको छ । १५ साउनदेखि लागू गरेको नयाँ मापदण्ड अनुसार अब १७ मिटर उचाइसम्म आवासीय तथा व्यापारिक भवनहरुमा संधियारतर्फ भेन्टिलेसन नराख्ने भएमा टाँसिएको भवन निर्माण गर्न दिने उल्लेख छ । २०७२ सालको भूकम्पपछि ललितपुर महानगरपालिकाले टाँसिएर घर बनाउन दिएको थिएन । १७ मिटर भन्नाले ५ तल्ला […]
२३८ डीएसपीको सरूवा (सूचीसहित)
काठमाडौँ । सशस्त्र प्रहरी प्रधान कार्यालयले एकैपटक २३८ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरूवा गरेको छ । सोमबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्णय अनुसार उनीहरुको सरूवा गरिएको हो । साउन महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी २३८ जना डीएसपीको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।
नेवार समुदायले गठामुंगः पर्व मनाइयो
काठमाडौँ । घण्टाकर्ण चतुर्दशीका अवसरमा मंगलबार नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाएका छन्। आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाएमा भूतप्रेत, बोक्सी लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहने कथन छ। फलामबाट राक्षसी शक्तिलाई पराजित गर्न बेलुकी घरको मूल ढोकामा (प्यांकी) तीन खुट्टे फलामे किला ठोक्ने प्रचलन समेत रहेको छ। […]
जग्गाको वर्गिकरण सम्बन्धमा नगरप्रमुखलाई ज्ञापनपत्र प्रदान
ललितपुर। नेकपा (एकृकित समाजवादी) महालक्ष्मी नगर कमिटिले महालक्ष्मी नगरप्रमुख हरिगोविन्द श्रेष्ठलाई नगरपालिका भित्रका जग्गाको वर्गिकरण सम्बन्धमा ज्ञापनपत्र प्रदान गरेको छ । पार्टी नगर कमिटिका अध्यक्ष नकुल थापाले सोमबार नगरप्रमुख श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरी उक्त ज्ञापनपत्र प्रदान गरेका हुन् । उक्त अवसरमा ज्ञापनपत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले छिट्टै सो समस्या समाधान गर्नका लागि लागिपर्ने प्रतिबद्धता व्यक्त […]
एकान्तकुना र नख्खुचोक चौबाटो भोलिदेखि ‘वान वे’
ललितपुर। ललितपुर महानगरले ललितपुरको एकान्तकुना र नख्खुचोक चौबाटो क्षेत्रमा भोलिदेखि एकतर्फी बनाइएको छ । महानगरले एक विज्ञप्ति जारी गर्दै मंगलबार विहान ८ बजेदेखि साँझ ८ बजेसम्म सावरी साधनलाई निषेध गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘‘ चारपाङ्ग्रे सवारी साधनहरुलाई मिति २०७९ साल श्रावण १० गते मंगलबारबाट विहान ८ बजेसम्म एकतर्फी गरिने व्यहोरा जानकारी गराउँदै आवश्यक […]
ललितपुर महानगर: मेट्रिक ठेगाना प्रणाली विवादमा
ललितपुर । ललितपुर महानगरपालिकाको मेट्रिक ठेगाना प्रणाली विवादमा परेको छ । ललितपुर महानगरपालिकाले मेट्रिक प्रणालीमा आधारित घर नम्बर राखेबापत १ हजार रुपैयाँ शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमा महानगरको निर्णयको विरोध भएको छ । वडा नम्बर ३ मा गत वर्ष नै घर नम्बर जडान गरेको महानगरले सबै वडामा एकसाथ प्लेट जडानको काम गरिरहेको छ । महानगरपालिकाले […]