विश्व

१५ सय बालबालिका पखालाबाट बिरामी

अफगानिस्तानको उत्तरपूर्वमा रहेको टखर प्रान्तमा झाडा पखालाबाट एक हजार ५०० बालबालिका बिरामी भएको जनाइएको छ । पछिल्लो एक हप्तामा उक्त प्रान्तमा अत्यधिक झाडा पखालाका बिरामी भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । सरकारी अधिकारीहरुले रोग नियन्त्रणका लागि प्रयास गरिरहेको जानकारी दिएका छन् । गर्मी मौसम, प्रदूषित पिउने पानी, स्वास्थ्य सतर्कताको अभावलगायतका कारणले झाडा पखाला फैलिएको […]

विश्व

मंकीपक्सका कारण अमेरिकामा संकटकाल घोषणा

मंकीपक्सका बिरामीहरु बढ्ने क्रम तीव्र भएपछि अमेरिकाले देशभर जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । जनस्वास्थ्य संकटकाल घोषणासंगै मंकीपक्स विरुद्धको खोप अभियान, उपचार र त्यसका लागि आवश्यक स्रोत परिचालनका लागि सजिलो हुनेछ । विश्व स्वास्थ्य संगठनले मंकीपक्स संकटकाल घोषणा गरेको दुई साता नबित्दै अमेरिकी सरकारले पनि जनस्वास्थ्य संकटकाल लागू गरेको हो । अमेरिकामा हाल ६ हजार […]

विश्व

विद्युतिय दुर्घटनामा १० जनाकाे मृत्यु

विद्युतिय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतमा […]

विश्व स्वास्थ्य

भारतमा पछिल्लो घण्टामा २० हजारलाई कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो घण्टामा २० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २० हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । उक्त अवधिमा ३६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा हालसम्म ४ करोड ३८ लाख ८८ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ भने […]

विश्व स्वास्थ्य

राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित

अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित भएका छन् । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेका छन् । थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएका छन् । साथै उनले एन्टीभाइरल […]

विश्व

बाँदरको आक्रमणमा एक शिशुको मृत्यु

भारतमा बाँदरको आक्रमणमा एक शिशुको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा बाँदरको एउटा समूहले बालकलाई समातेर तीन तले भवनबाट फ्याँकेपछि चार महिनाका शिशुको मृत्यु भएको हो । रिपोर्ट अनुसार, शिशुलाई काखमा लिएर बाबु र आमा बार्दलीमा टहलिरहेका थिए । तर, एक्कासी कुख्यात बाँदरको समूह छतमा आएर आमाबुवामाथि आक्रमण गरेको थियो […]

विश्व

ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

काठमाडौं । अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले तस्वीर सार्वजनिक गरेका हुन् । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेका थिए । तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देख्न सकिन्छ । यसलाई हालसम्मको अनुसन्धानमै ठूलो सफलता […]

विश्व स्वास्थ्य

२४ घण्टामा १८ हजार कोरोना संक्रमित

भारतमा २४ घण्टाको समयावधिमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन्। यो संख्या कूल संक्रमितको ०.३० प्रतिशत हो। हाल भारतमा कोरोनाका कूल संक्रमितको संख्या चार करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। पछिल्लो घण्टामा १४ […]

विश्व

बारमा गोली चल्दा१४ जनाको मृत्यु

दक्षिण अफ्रिकाको एक बारमा गोली चल्दा१४ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गोलाबारीमा घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको छ ।

विश्व

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो । यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत आज बिहान नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा निधन भएको […]