समाचार

२२९ सहायक सेनानीमा भर्ती खुल्यो (विज्ञापनसहित)

२०७९ भाद्र ३१ / काठमाडौँ । नेपाली सेनाले रिक्त अधिकृत पद (सहायक सेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट सेनानी पदका लागि २२९ जनाको दरखास्त आव्हान गरेको हो। भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ।  आजदेखि असोज ३० […]

समाचार

राष्ट्रियसभा बैठकबाट दुई विधेयक पारित

२०७९ भाद्र ३० / काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मतरूपमा दुवै विधेयक पारित भएका हुन् । दुवै विधेयकका प्रस्तावलाई अर्थमन्त्रीका […]

समाचार

दर्ता नभएका मोबाइल अब नेपालमा नचल्ने

२०७९ भाद्र  ३० / काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम(एमडिएमएस) लागु गरेसंगै अब नेपालमा अवैध रुपमा भित्रिने मोबाईलहरु नचल्ने भएका छन् । प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै एमडिएमएस लागु भएको जनाएको छ ।   मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्न यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ। यो […]

समाचार

डा गोविन्द केसी अस्पताल भर्ना

२०७९ भाद्र २९ / काठमाडौँ । डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । जिल्लाको धनगढीमा २०औं सत्याग्रहमा बसेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्तासमेत रहेका केसी गत सोमबार धनगढीस्थित कृष्ण मन्दिरमा २०औं सत्याग्रहमा बसेका थिए । सोही क्रममा डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक […]

समाचार

सकियो जबराको बयान

२०७९ भाद्र २८/ काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान सकेको छ । गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिएको हो । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो […]

समाचार

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

२०७९ भाद्र २७/ काठमाडौँ । नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको हो । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको शिष्टाचार भेटमा सम्झौता भएको हो । ली चार […]

समाचार

अनशन बस्दै गाेविन्द केसी

२०७९ भाद्र २७/ काठमाडौँ । सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् । माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् । उनले आज (सोमबार) बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ । उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका […]

समाचार

फरार प्रतिवादी २० वर्षपछि पक्राउ

२०७९ भाद्र २६/ काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निजलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ […]

समाचार

काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त

२०७९ भाद्र २३ / काठमाडौँ। काठमाडौँ महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन् । महानगरले उनलाई बुधबार शिक्षा सल्लाहकारमा नियुक्त गरेको हो । उनी सामाजिक अभियान्ता, टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ बर्ष अध्यक्ष र अहिले नेतृत्व परिषदको सदस्य, हाल-सालै फुलब्राइट कमिशनकी कार्यकारी निर्देशक हुन् । उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेज बाट […]

समाचार

झन्डै ८ सय कर्मचारीको सरुवा

२०७९ भाद्र २३/ काठमाडौँ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ । ४ मंसिरमा तय गरिएको निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ । आयोगले आचारसंहिता सार्वजनिक गरिसकेको छ । यद्यपि, आचारसंहिता लागू हुन भने बाँकी रहेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू गरेपछि सरकारले […]