स्वास्थ्य

डेंगु संक्रमित १२ हजार नाघे

२०७९ भाद्र ३०/ काठमाडाैं। नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै, डेंगु संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए । […]

स्वास्थ्य

डेङ्गु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

२०७९ भाद्र २६/ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । डेङ्गुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेङ्गु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालय मार्फत ७५३ वटै […]

स्वास्थ्य

७५ जिल्लामा डेङ्गु

२०७९ भाद्र २०/ काठमाडौं । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्। २०७९ भाद्र २०/ काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै […]

स्वास्थ्य

नेपालमा थपिए ६५८ कोरोना संक्रमित

२०७९ भाद्र ६/  काठमाडौँ।  नेपालमा पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,३८१ पीसीआर परीक्षणमा ४०५ र ३,२६२ एन्टीजेन परीक्षणमा २५३ गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोही अवधिमा ४५६ संक्रमणमुक्त […]

स्वास्थ्य

बालबालिकालाई फाइजर खोप दिइँदै

२०७९ भाद्र ५ / काठमाडौँ । पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौँ देखी १ असोजसम्म दोश्रो मात्रा खोप […]

स्वास्थ्य

कांग्रेसका उपसभापति खड्कालाई कोरोना संक्रमण

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए। आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काले बताएका छन्। उनी अहिले घरमै आराम गरिरहेका छन् । उपसभापति खड्काले साउन २१ गतेदेखि आफ्नो सम्पर्कमा रहेकालाई स्वास्थ्य मापदण्ड पालना […]

स्वास्थ्य

२४ घण्टामा ५५३ मा कोरोना पुष्टि

काठमाडौँ ।  नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित साढे ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सक्रिय संक्रमित संख्या ५ हजार ६५९ पुगेको हो । २४ घण्टामा ३ हजार ७८९ नमुना परीक्षणमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांकअनुसार २ हजार ४० पीसीआर परीक्षणबाट ४५१ र १ […]

स्वास्थ्य

१७ वटा अस्पतालमा निःशुल्क उपचार

काठमाडौँ । नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै पछिल्लो २४ घण्टामा ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । कुल ५ हजार ९ सय ९ जनामा नमुना परीक्षण गरिएकोमा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको तथ्यांकमा उल्लेख गरेको छ । […]

ललितपुर स्वास्थ्य

ललितपुरमा डेंगुका बिरामी बढ्न थाल्यो

ललितपुर । मौसम परिवर्तनसँगै ललितपुर महानगरपालिकाभित्र डेंगुका बिरामी बढ्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार असार ९ गते डेंगुको पहिलो बिरामी देखिएको हो । एक महिनाको अन्तरालमा ३७ जनामा डेंगु पुष्टि भएको छ । डेंगुको प्रकोप बढेपछि नियन्त्रणका लागि सबै संयन्त्र प्रयोग गरिएको शाखाले जनाएको छ ।शाखामा हाल ७ जनाको उपचार भइरहेको छ भने […]

विश्व स्वास्थ्य

भारतमा पछिल्लो घण्टामा २० हजारलाई कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो घण्टामा २० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २० हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । उक्त अवधिमा ३६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा हालसम्म ४ करोड ३८ लाख ८८ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ भने […]