सहकारी

७ क्यासिनोलाई ७ दिनमा कर तिर्न निर्देशन

२०७९ भाद्र २०/ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७ वटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्राचार गरेको छ । आइतबार महानगरपालिकाका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जारी गरेको पत्रमा भनिएको छ, ‘बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पटक-पटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५ / ०७६ देखि हालसम्म कर नबुझाएकोले गर्दा ७ दिनभित्र मनोरञ्जन […]

समाचार

महानगरले काठमाडौं मल अगाडी डोजर चलाए

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मल अगाडी डोजर चलाएको छ । काठमाडौँ मलको अनधिकृत संरचना बुधबार महानगरले डोजर चलाएर भत्काएको हो । महानगरका मेयर बालेन्द्र शाहको उपस्थितीमा उक्त स्थानमा महानगरले नक्सा पासभन्दा बाहिर गएर मल बनाएका संरचना भत्काएको हो । त्यस क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन महानगरले ३५ दिने सूचना दिएको थियो ।

समाचार

आईजीपी सिंह र मेयर शाहबीच भेटवार्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ । काठमाडौँको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको छ । मन्दिरको शहर भनेर चिनिने काठमाडौँणमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न […]

समाचार

काठमाडौं महानगरपालिकामा भिक्षा माग्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशित गरी साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्ने बाहेक अन्य अवस्थामा भिक्षा माग्न निषेध गरिएको जानकारी दिएको हो ।

समाचार

सार्वजनिक शौचालय ३५ संस्थामा प्रयोग गर्न दिने

  काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र व्यापार व्यवसाय गरिरहेका ३५ वटा संस्थाले आफ्नो सार्वजनिक शौचालय प्रयोगका लागि दिने भएका छन् । इच्छुक ३५ वटा संस्थाहरुसँग काठमाडौँ महानगरपालिकाले सोमबार सम्झौता गरेको छ । बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सम्झौता भएको हो । सम्झौता ५ वर्षका लागि हो ।