विविध

मेयर चिरिबाबुलाई कोरोना संक्रमण

ललितपुर । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आज शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनको अवस्था समान्य छ । उनी घरमै आराम गरिरहेका छन् । पछिल्लो समय कोरोना  संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । i