राजनीति

नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ : बिजुक्छे

काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गरेका छन् । देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि स्वच्छ रूपमा राजनीति गर्न युवा आउनुपर्नेमा जोड दिए । उनले देश परिवर्तनका लागि निरन्तर सङ्घर्षको आवश्यकता रहेको पनि औंल्याए।