समाचार

देशभर १० हजार ८८८ मतदान स्थल कायम

२०७९ भाद्र २०/ काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गरी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको जानकारी दिएका छन् । यसअघि देशभर १० हजार ७५६ मतदान […]

विविध

निर्वाचन आचारसंहितामा आजदेखि लागू (पूर्णपाठ)

२०७९ भाद्र १४ / काठमाडौं। आउँदो मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ । आज सोमवार राजपत्रमा प्रकाशित भएको आचारसंहिता आयोगले निणर्य गरेको दिनदेखि लागू हुनेछ । आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गर्ने जनाएको छ । निर्वाचन […]

समाचार

समानुपातिकतर्फ ७६ दलको निवेदन

२०७९ भाद्र १३ / काठमाडाैँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन् । प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं १ मा विभिन्न ६३ दलबाट ५५ […]

समाचार

चुनावी खर्चलाई घटाउन आयोगले नयाँ उपायहरू खोज्दै

काठमाडौँ । चुनावी खर्चलाई घटाउन निर्वाचन आयोगले नयाँ उपायहरू खोज्दैछ। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोजिएको उपाय कार्यान्वयन गर्ने सोच आयोगको रहेको निर्वाचन अधिकारी बताउँछन्। यसका लागि निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन आयोगसँग भएको निर्वाचन आचारसंहिता परिमार्जन गर्न लागिएको छ। आयोगका अनुसार चुनाव प्रचारप्रसार अवधि घटाउनेदेखि घरदैलोमा परिचालन गरिने संख्यालाई पनि नियन्त्रण […]

समाचार

अर्थ मन्त्रालयले निर्वाचन खर्च १० अर्बको सीमा

काठमाडौँ । अर्थ मन्त्रालयले निर्वाचन खर्च १० अर्बभित्र राख्न सीमा तोकेको छ। निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग आगामी चुनावका लागि १० अर्ब ९८ करोड बजेट माग गरेको थियो तर मन्त्रालयले १० अर्बको सीमा तोक्दै बजेट स्वीकृत गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मन्त्रालयले स्वीकृत गरेबमोजिम आयोगले अब विभिन्न शीर्षकका लागि बजेट परिमार्जन गर्ने बताए । […]

समाचार

दल दर्ताका निवेदनमाथि जाँचबुझ गर्दै आयोग

२०७९ भाद्र १  / काठमाडौँ । निर्वाचन आयोगले आज बुधबारदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ। आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि निवेदन दिएका सबै दलको निवेदनमा आयोगले जाँचबुझ गर्न लागेको हो। आयोगले दिएको समयसीमा मंगलबारसम्म ८४ वटा दलले दर्ताका लागि निवेदन दिएका छन्। […]

समाचार

निर्वाचन आयोग: ८४ वटा दल दर्ता

२०७९ साउन ३१ / काठमाडौँ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ८४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अन्तिम दिन मंगलबार साँझसम्म ८४ वटा दल दर्ता भएका हुन्। मंगलबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरु दर्ता भएका छन्। पौडेलका अनुसार २०७४ को […]

समाचार

४० दल निर्वाचन आयोगका दर्ता

काठमाडौँ । ४० दल निर्वाचन आयोगका दर्ता भएका छन् । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेकामा  शनिबारसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका हुन् । हालसम्म प्रमुख दलमा  नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी)ले दल दर्ता गराएका छन् । नेपाली […]

समाचार

दल दर्ता गर्ने निर्वाचन आयोग जाँदै एमाले

काठमाडौँ । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि मंगलबार दल दर्ता गराउने भएको छ । दिउँसो साढे १२ बजे  निर्वाचन आयोगमा  दल दर्ता गर्ने कार्यक्रम छ । पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल,  उपमहासचिव प्रदिप ज्ञवाली, […]

समाचार

गठबन्धनले एउटै चिन्हबाट चुनाव लड्न पाउने

काठमाडौँ ।  निर्वाचन आयोगले चुनावमा गठबन्ध दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम उक्त व्यवस्था गरेको हो। ‘दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रायोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१३ बमोजिमको […]