काठमाडौँ। लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । बुधबार राति चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जना नेपालीलाई पक्राउ गरिएको हो । अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्धार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ […]