समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (बुधवार) पनि बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूचीहरू पेश हुनेछन् । आज बैठकको शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको ‘तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि ‘तथ्याङ्क विधेयक, २०७८’माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

समाचार

उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यसूची रहेको छ। बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ। मनोनयन पश्चात् आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ। मतदान भोलि दिउँसो ३ बजेदेखि सुरु हुनेछ। तत्कालीन उपसभामुख शिवमाया तुमबाहाङ्फेले  २०७६ साल माघमा राजीनामा […]