काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले स्थानीय तह निर्वाचनका क्रममा भएको खर्चको विवरण सार्वजनिक गरेका छन् । उनले चुनावमा तीन लाख चौरानब्बे हजार चार सय उननब्बे रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका हुन् । मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी भएको उनले बताएका छन् ।