विद्युतिय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतमा […]
Tag: भारत
बाँदरको आक्रमणमा एक शिशुको मृत्यु
भारतमा बाँदरको आक्रमणमा एक शिशुको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा बाँदरको एउटा समूहले बालकलाई समातेर तीन तले भवनबाट फ्याँकेपछि चार महिनाका शिशुको मृत्यु भएको हो । रिपोर्ट अनुसार, शिशुलाई काखमा लिएर बाबु र आमा बार्दलीमा टहलिरहेका थिए । तर, एक्कासी कुख्यात बाँदरको समूह छतमा आएर आमाबुवामाथि आक्रमण गरेको थियो […]
२४ घण्टामा १८ हजार कोरोना संक्रमित
भारतमा २४ घण्टाको समयावधिमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन्। यो संख्या कूल संक्रमितको ०.३० प्रतिशत हो। हाल भारतमा कोरोनाका कूल संक्रमितको संख्या चार करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। पछिल्लो घण्टामा १४ […]
बाढीको कारण १०८ को मृत्यु
भारतको आसाममा बाढीको कारणले नाजुक भएको छ । ब्रह्मपुत्र र बराक नदीका सहायक नदीमा आएको बाढीको कारण हालसम्म १०८ जनाको मृत्य भएको छ । बाढीले ४५ लाख भन्दा धेरै मानिसहरुलाई असर परेको छ । अधिकारीहरूले ‘ पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको पुष्टि भएपछि सङ्ख्या १०८ पुगेको ‘ जनाएका छन् । कुल १० हजार […]