काठमाडौँ । मकवानपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेका छन् । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रुम्बालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई ब्रम्हदेवी सामुदायिक जंगलको कुलोमा लगी रुम्बाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा […]