विशेष

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

२०७९ भाद्र २४ / काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरेकी छन् । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरिन् । विभिन्न देवदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज शहर परिक्रमा गरेका छन् । वर्षा र सहकालका देवता […]

समाचार

राष्ट्रपतिद्धारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । आइतबार उहाँले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यी दुबै विधेयक संसदका दुबै सदनबाट पारित भएर केही दिनअघि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवास पठाइएको थियो ।