लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई मानसिक पीडा भएपछि एक्कासि बेहोस भएको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । दाङबाट उपचारका लागि राति करिब १२ बजे बुटवल प्रादेशिक अस्पतालमा लिएर उपचार गराइएको थियो । हाल निरन्तर उपचारपछि स्वास्थ्य सुधारात्मक बन्दै गएको अस्पतालले जनाएको छ।