अर्थ

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ९७ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार पनि यथावत रही त्यही मूल्यमा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै,चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १ हजार २६५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।